१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

रुपन्देहीको ओमसतियामा युवकमाथि गोली प्रहार

गोली प्रहार गरेको आशंकामा २ जना पक्राउ
अमृता अनमोल

बुटवल — रुपन्देहीको ओमसतियामा एक युवामाथि गोली प्रहार भएको छ । गोली प्रहार गरेको आशंकामा २ जना पक्राउ परेका छन् । अज्ञात समूहको गोली प्रहारबाट सिद्धार्थनगर नगरपालिका १ वेलहिया बस्ने विकास गुरुङ घाइते भएका छन् ।

रुपन्देहीको ओमसतियामा युवकमाथि गोली प्रहार

रुपन्देहीको ओमसतिया ४ बसन्तपुरमा आइतबार राति ११ बजे उनीमाथि गोली प्रहार भएको थियो । छातीमुनि कोखामा गोली लागेका उनको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । अहिले उनको स्वास्थ्यावस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार रोहिणी गाउँपालिका १ बाइपासस्थित सिद्धार्थ कटेजमा करिब ११ बजे राति अज्ञात समूहद्वारा लुटपाट गरी भाग्दै गरेको अवस्थामा ओमसतियाको बसन्तपुर वडा कार्यालय अगाडि जम्काभेट भएका गुरुङमाथि लुटपाट गर्ने समूहले गोली प्रहार गरेका थिए । परासीस्थित ससुराल बस्दै आएका गुरुङ घर फर्किँदै थिए ।

लुटेराहरूले उक्त कटेजबाट २ तोला सुन र केही नगद लुटेको प्रहरीले जनाएको छ । गोली प्रहार गरेको आशंकामा २ जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक दीपक कुँवरले बताए ।

प्रकाशित : श्रावण ३०, २०७९ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?