कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

प्रहरीको गाडी दुर्घटना : एक जवानको मृत्यु

हरि गौतम

रुकुम पूर्व — जिल्ला प्रहरी कार्यालयको भ्यान दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–११, तल्लो सेरा नजिकै लु १ झ ६६० नम्बरको भ्यान शनिबार बिहान ११ बजे दुर्घटना भएको थियो । 

प्रहरीको गाडी दुर्घटना : एक जवानको मृत्यु

दुर्घटनामा परी जिल्ला प्रहरी कार्यालयमा कार्यरत रोल्पा घर भएका प्रहरी जवान लक्ष्मण पुनको मृत्यु भएको हो । दुर्घटनामा परी जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश डाँगी र सशस्त्र प्रहरी नायव उपरीक्षक रुकुम पूर्व गणका प्रमुख रविन्द्र श्रेष्ठ घाइते भएका छन् ।

दुर्घटनामा परी प्रहरी हवल्दार भ्यान चालक कुमारसिंह डाँगी, प्रहरी जवान सन्तोष बुढा मगर र इन्द्र घर्ती घाइते भएका छन् । घाइतेमध्ये डीएसपी श्रेष्ठ, हवल्दार डाँगी र प्रहरी जवान बुढालाई नेपाली सेनाको हेलिकप्टर मार्फत् कोहलपुरस्थित शिक्षण अस्पताल पुर्‍याइएको छ ।

जनपद प्रहरीका डीएसपी प्रकाश डाँगी र प्रहरी जवान घर्तीलाई अस्पता लैजाने गरी व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले जानकारी दिए । अनुगमन तथा नियमित कामको शिलशिलामा बिहान जिल्ला सदरमुकाम रुकुमकोटबाट प्रमुख जिल्ला अधिकारी सहितको टोली तकसेरातर्फ गएको थियो । गन्तव्यमा पुग्न केही मिनेटको दूरीमा उक्त दुर्घटना भएको हो । दुर्घटनापछि उक्त भ्यान सडकभन्दा झण्डै सय मिटर तल पुगेको बताइएको छ ।

रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटना : २ डीएसपीसहित ६ जना घाइते

प्रकाशित : श्रावण २८, २०७९ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?