कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटना : २ डीएसपीसहित ६ जना घाइते

हरि गौतम

रुकुम पूर्व — जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वको गाडी दुर्घटनामा परेको छ । पुथाउत्तरगंगा गाउँपालिका–११, तल्लोसेरा नजिकै लु १ झ ६६० नम्बरको प्रहरीको भ्यान दुर्घटनामा परेको हो ।

रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटना : २ डीएसपीसहित ६ जना घाइते

दुर्घटनामा परी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रवीन्द्र श्रेष्ठसहित ६ जना सुरक्षाकर्मी घाइते भएको प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले जानकारी दिए ।

अनुगमन र अरु कामको सिलसिलामा प्रमुख जिल्ला अधिकारीलगायतको टोली तकसेरा जाने क्रममा दुर्घटना भएको हो । घाइतेमध्ये एक जना जवान गम्भीर घाइते रहेको र सबै घाइतेको उद्धारका लागि हेलिकोप्टर आइरहेको प्रजिअ सुनुवारले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारीसहितको टोली अर्को गाडीमा चढेका थिए । दुर्घटनाको कारण खुलेको छैन । भ्यान अन्दाजी १ सय मिटर तल खसेको छ ।

प्रकाशित : श्रावण २८, २०७९ १३:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?