कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

हिरासतबाटै फरार अभियुक्त पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — जबर्जस्ती करणी मुद्दामा पक्राउ परेका एक अभियुक्त हिरासतबाटै भागेपछि फेरि पक्राउ परेका छन् । बर्दिया प्रहरीले पक्राउ गरी अनुसन्धानको क्रममा हिरासतमा राखिएका बाँके खजुरा गाउँपालिका ८ बस्ने २६ वर्षीय अब्दुल खाँ खाना खाने समयमा सेन्ट्री बसेका प्रहरीलाई झुक्याएर भागेका थिए ।

फरार भएका खाँलाई प्रहरी निरीक्षक हृदेश कुमार सापकोटाको नेतृत्वमा खटिएको टोलीले साउन २३ गते बर्दिया बढैयाताल गाउँपालिका २ स्थित नेपाल भारत सीमा क्षेत्र नजिकैबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

हाल उनलाई प्रहरीले नियन्त्रणमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । यसबारे बर्दिया प्रहरीले सोमबार विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

प्रकाशित : श्रावण २३, २०७९ १४:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?