करेन्ट लागेर एक युवतीको मृत्यु- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

करेन्ट लागेर एक युवतीको मृत्यु

रूपा गहतराज

नेपालगन्ज — कोहलपुरमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका वडा नं. २ की २५ वर्षीया प्रशाना आर्चायको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रहरीका अनुसार आचार्यको गत राति ११ बजे आफ्नै घरको झ्यालमा करेन्ट लागेर मृत्यु भएको थियो । घटनापछि मृतकको शव पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ।

प्रकाशित : श्रावण २२, २०७९ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्

जबर्जस्ती करणी आरोपमा एक युवक पक्राउ

गगनशिला खड्का

गुल्मी — महिलालाई जबर्जस्ती करणी गरी फरार रहेका एक व्यक्तिलाई गुल्मी प्रहरीले पक्राउ गरेको जनाएको छ । 


गत शुक्रबार राति धुर्कोट गाउँपालिका ६ की एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा जिल्लाको मालिका गाउँपालिका ७ सिलादीका १९ वर्षीय रामबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले मालिका ६ राहले कुमाल पँधेरा नजिकैको जंगलमा ती महिलालाई जबर्जस्ती करणी गरेर फरार भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान गरिएको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण २२, २०७९ १८:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×