२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

जबर्जस्ती करणी आरोपमा एक युवक पक्राउ

गगनशिला खड्का

गुल्मी — महिलालाई जबर्जस्ती करणी गरी फरार रहेका एक व्यक्तिलाई गुल्मी प्रहरीले पक्राउ गरेको जनाएको छ । 

गत शुक्रबार राति धुर्कोट गाउँपालिका ६ की एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा जिल्लाको मालिका गाउँपालिका ७ सिलादीका १९ वर्षीय रामबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले मालिका ६ राहले कुमाल पँधेरा नजिकैको जंगलमा ती महिलालाई जबर्जस्ती करणी गरेर फरार भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान गरिएको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण २२, २०७९ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?