नेपाल बैंकका गुलरिया शाखा प्रबन्धक सम्पर्कविहीन, रकम अपचलन गरेको आरोप- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल बैंकका गुलरिया शाखा प्रबन्धक सम्पर्कविहीन, रकम अपचलन गरेको आरोप

कमल पन्थी

बर्दिया — नेपाल बैंक लिमिटेड गुलरिया शाखाका प्रबन्धक धवेन्द्र न्यौपाने एक सातादेखि सम्पर्कविहीन छन् । जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी सूर्य सुवेदीका अनुसार बैंक प्रबन्धक न्यौपाने मोटो रकम लिई सम्पर्कविहीन भएको उजुरी साउन १४ गते परेको थियो ।

सो बैंकका नेपालगन्जस्थित सिटी अफिसका अधिकृत रुपेशकुमार श्रीवास्तवले न्यौपानेको खोजीका लागि प्रहरी कार्यालयमा उजुरी दिएका हुन् । डीएसपी सुवेदीले विभिन्न ग्राहकले जम्मा गरेको ५० लाख रुपैयाँ कनेक्ट आइपीएसबाट अपचलन गरेको उजुरी परेकाले उनको खोजी भइरहेको जानकारी दिए ।

न्यौपानेले प्रयोग गर्दे आएको मोबाइल स्विच अफ छ । कालीकोट तिलगुफा नगरपालिका-५ का ३२ वर्षिय न्यौपाने हाल बाँके जानकी गाउँपालिका-३, कोरिएनपुर बस्दै आएका छन् । बैंक प्रबन्धक न्यौपाने सम्पर्कविहीन भएपछि श्रीमतीले पनि खोजतलाशका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता गराएकी छिन् ।

बैंकका रकम हिनामिना भएको जानकारी पाएपछि ग्राहकहरु आफूले जम्मा गरेको रकम खोजीका लागि धाउन थालेका छन् । बैंकको रकम हिनामिना बारे जानकारी लिन खोज्दा नेपालगन्ज सिटी अफिसका प्रबन्धक श्रीवास्तवले न्यौपाने सम्पर्कविहीन भएको बताए पनि थप जानकारी दिन चाहेनन् ।

प्रकाशित : श्रावण २२, २०७९ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्

सक्रिय संक्रमित साढे ५ हजार नाघ्यो, २४ घण्टामा ५५३ मा कोरोना पुष्टि

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमित साढे ५ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार सक्रिय संक्रमित संख्या ५ हजार ६५९ पुगेको हो । 

२४ घण्टामा ३ हजार ७८९ नमुना परीक्षणमा ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयको तथ्यांकअनुसार २ हजार ४० पीसीआर परीक्षणबाट ४५१ र १ हजार ७४९ एन्टीजेन परीक्षणमा १०२ जनामा पोजिटिभ देखिएको हो । सोही अवधिमा ४३३ जना निको भएका छन् ।

२४ घण्टामा खोप लगाउनेको संख्या १६ हजार ९६४ रहेको छ ।

प्रकाशित : श्रावण २२, २०७९ १६:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×