कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

नेपालगन्जको बागेश्वरी मन्दिर परिसरमा चिल्ड्रेन पार्क शिलान्यास 

रूपा गहतराज

नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिका २ मा रहेको बागेश्वरी मन्दिरको पूर्वतर्फ रहेको खाली जग्गामा चिल्ड्रेन पार्क निर्माण सुरु गरिएको छ । चिल्ड्रेन पार्कको आइतबार नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले शिलान्यास गरे ।

नेपालगन्जको बागेश्वरी मन्दिर परिसरमा चिल्ड्रेन पार्क शिलान्यास 

आगामी पुस ५ गतेभित्र निर्माण सक्ने गरी एक करोड ८२ लाख रुपैयाँमा उच्च कोटी गोरखनाथ बजरंग जेभीले निर्माणको जिम्मा पाएको छ । करिब ५ कठ्ठा ५ धुर जग्गामा पहिलो चरणमा रेस्टुरेन्ट, पार्किङ, फुटपाथ, सटरसहित बालपार्कका लागि आधारभूत काम हुनेछ ।

विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अनुसार आधुनिक संरचनासहितको बाल पार्क र दुईतले रेस्टुरेन्ट निर्माण गरिनेछ । निर्माण सम्पन्न भएपछि बागेश्वरी मन्दिरको सौन्दर्यकरणमा समेत सहयोग पुग्ने उपमहाननगरको विश्वास छ ।

प्रकाशित : श्रावण २२, २०७९ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?