गुल्मीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

गगनशिला खड्का

गुल्मी — गुल्मीको रेसुंगा नगरपालिका–१० सिमिचौरमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

आइतबार बिहान लु १ ख १८६६ नम्बरको ट्रक दुर्घटना हुँदा चालक गुल्मी दरबार–३ का रणबहादुर ढेंगाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधव खरेलले बताए ।

सिमिचौरको राङबासदेखि बुटवलका लागि छुटेको उक्त ट्रक काभ्रेस्थित पहिरोमा बाटो भासिएर करिब तीन सय मिटर तल खसेको डिएसपी खरेलले बताए ।

दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय गुल्मी र शसस्त्र प्रहरी बलको टोली घटनास्थल पुग्दा चालकको मृत्यु भइसकेको र पोष्टमार्टमा लागि गुल्मी जिल्ला अस्पताल पुर्‍याइएको छ ।





प्रकाशित : श्रावण २२, २०७९ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?