कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सरकारले छापामार शैलीमा निर्वाचनको मिति घोषणा गर्‍यो : एमाले उपाध्यक्ष नेम्वाङ

अमृता अनमोल

बुटवल — नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले सरकारले छापामार शैलीमा निर्वाचनको मिति घोषणा गरेको बताएका छन् । उनले संसदीय पद्धति र परम्परामा निर्वाचन घोषणाजस्तो महत्त्वपूर्ण कुरामा प्रमुख प्रतिपक्षसँग सल्लाह नगरी निर्णय नहुने भए पनि सरकारले प्रमुख प्रतिपक्षसँग कुनै सल्लाह नगरी निर्वाचनको घोषणा गरेको बताए ।  

सरकारले छापामार शैलीमा निर्वाचनको मिति घोषणा गर्‍यो : एमाले उपाध्यक्ष नेम्वाङ

प्रेस चौतारी रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष नेम्वाङले नागरिक दबाब र एमालेको माग थेग्न नसकेर सरकारले छापामार शैलीमा निर्वाचनको घोषणा गरे पनि एमाले खुसी भएको स्पष्ट पारे ।

उनले मंसिर ४ गते निर्वाचनमा सम्पूर्ण बहिखाता बोकेर निर्वाचनमा जाने बताए । ‘एमाले सम्पूर्ण बहिखाता बोकेर जनतामा जान्छ,’ उनले भने, ‘निष्पक्ष, भयरहित निर्वाचन गराउने विषयमा एमालेको सरकारलाई सहयोग रहने छ ।’

उपाध्यक्ष नेम्वाङले एमालेको आधिकारिक धारणा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक र समावेशी नै रहेको बताए । अहिलेको गठबन्धन सरकार दूषित रहेको टिप्पणी गर्दै उनले संसारभर चलेको संसदीय मूल्यमान्यताविपरीत नेपालमा सत्तापक्षले प्रमुख प्रतिपक्षका विरुद्ध घेराबन्दी गरिरहेको बताए । ‘सत्तापक्ष प्रतिपक्षका विरुद्ध धुलोपिठो पार्छु भन्दै हिँडेको छ,’ उनले भने, ‘यस्तो संसदीय व्यवस्थामा दुनियाँमा कतै हुँदैन ।’

प्रकाशित : श्रावण १९, २०७९ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?