दाङमा ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाङमा ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु

दुर्गालाल केसी

दाङ — दाङको लमहीस्थित ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु भएको छ ।

बिहीबार बिहान लमही नगरपालिका–६ देउपुरमा लु ४ त ८१०६ नम्बरको ट्याक्टरबाट खसेर स्थानीय १५ वर्षीय सुशान चौधरीको मृत्यु भएको हो ।

घटनापछि ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

प्रकाशित : श्रावण १९, २०७९ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्

सप्तकोसीमा पानीको बहावमा उतारचढाव

रासस

इनरुवा — सप्तकोसी नदीमा पानीको बहावमा उतारचढाव हुने क्रम जारी छ । बुधबार राति कोसी ब्यारेज भएर प्रति सेकेन्ड दुई लाख ४२ हजार नौ सय ६५ क्युसेकका दरले पानीको बहाव रहेको थियो ।

आज बिहान ६ बजे दुई लाख २९ हजार तीन सय पाँच क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । यसैगरी आज बिहान ८ बजेको मापनअनुसार दुई लाख २८ हजार २५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको छ ।

कोसी ब्यारेजका ५६ मध्ये अहिले ४१ ढोका खोलिएका छन् । कोसी नदी ओभरफ्लो भई उदयपुरको बेलाका नगरपालिका डुम्रीबोटेको बस्तीतर्फ गएको भए पनि कोसी ब्यारेजबाट पानीको बहाबमा भने उतारचढाव हुने क्रम जारी रहेको प्रजिअ यादवले बताए ।

सप्तकोसीमा पानीको बहावमा भइरहेको उतारचढावका कारणले श्रीलङका टापु, सप्तरीको गोवरगढा, उदयपुरको बेलका नगरपालिकाको डुम्रीबोट र लाखखोचको उत्तरतर्फ जमिन कटान थालेको प्रजिअ यादवले जानकारी दिए । कटान गरेको क्षेत्रका स्थानीयवासीलाई सुरक्षित स्थानमा लैजान उद्धार टोली तयारी अवस्थामा छ ।

स्थानीयवासीलाई तयारी अवस्थामा बस्नका लागि समेत सूचना जारी गरिएको प्रजिअ यादवले बताए । कोसीबाट कुनै किसिमको मानवीय क्षति तथा अन्य क्षति हुन नदिनका लागि स्थानीय प्रशासनले अपनाउनुपर्ने सबै सावधानीका उपाय अवलम्बन गरिएको उनले बताए ।

प्रकाशित : श्रावण १९, २०७९ १२:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×