३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

गाईको मासुसहित बाँकेमा दुई जना पक्राउ

रुपा गहतराज

नेपालगन्ज — गाईको मासुसहित बाँकेमा दुई जना पक्राउ परेका छन् । गाई काट्दै गरेको सूचनाको आधारमा गएको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका १७ थुकैलाका ४६ वर्षीय सलाउद्दिन जोलाहा र ५३ वर्षीय ओलिद्दिन जोलाहालाई गाईको मासुसहित मंगलबार पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट मासु काट्न प्रयोग हुने औजारसहित करिब एक क्विन्टल गाईको मासु बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको र गाईको मासु नष्ट गरिएको प्रहरीले जनाएको छ ।


प्रकाशित : श्रावण १८, २०७९ २१:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?