एडीबीको सहकार्यमा विकास योजना सञ्चालनबारे छलफल

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देही र पश्चिम नवलपरासीका स्थानीय तहहरूमा एसियाली विकास बैंक (एडीबी) को सहकार्यमा विकासका योजना सञ्चालनका लागि छलफल भएको छ ।

एडीबीको सहकार्यमा विकास योजना सञ्चालनबारे छलफल

बुधबार सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानको अध्यक्षतामा पश्चिम सहरी करिडोर (६ वटा स्थानीय) अन्तर्गतका नगरका प्रमुख र एडीबी प्रतिनिधिबीच छलफल भएको हो ।

पश्चिम करिडोर अन्तर्गत रुपन्देहीको सिद्धार्थनगर, तिलोत्तमा, लुम्बिनी सांस्कृतिक, देवदह, सैनामैना र पश्चिम नवलपरासीको रामग्राम गरी ६ वटा नगरपालिकामा विकासका ठूला योजना सञ्चालनका छलफल गरिएको तिलोत्तमा नगरपालीकाका प्रमुख रामकृष्ण खांणले बताए । 'विकासका लागि एडिबीसंग भएको छलफल सकारात्मक रह्यो’ उनले भने, 'छिट्टै नै स्थानीय तहरुमा पूर्वाधार विकासका योजना सञ्चालन हुनेछन् ।'

छलफलका क्रममा एडीबीको वरिष्ठ सहरी विकास विज्ञ लक्ष्मी शर्माले एडीबीले सञ्चालन गर्न सक्ने योजना लगायत विषयमा प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले एडीबीको सहकार्यमा तहमा सञ्चालन हुने योजनाले नगरका विकासमा थप टेवा पुग्ने बताए । उनले समयमै योजना सम्पन्न गर्नका लागि तहका कर्मचारीको मुख्य भूमिका रहने भएकाले सबै स्थानी तहका कर्मचारीले आफ्नै नगरको रुपमा काम गरेर मुलुकमा नमुना नगरको रुपमा स्थापति गर्न आग्रह गरे । स्थानीय तहका प्रमुखले एडीबीको सहकार्यमा सञ्चालन हुने योजना समयमै सम्पन्न गर्न प्रतिबद्धता जनाए ।

छलफलमा एडीबीले आ आफ्नो क्षेत्रमा सञ्चालन गर्न सकिने विकासका योजना ३ महिना भित्र डीपीआर तयार गर्न आग्रह गरेको छ ।

प्रकाशित : श्रावण १८, २०७९ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?