२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

रुखमा ठोक्कियो मोटरसाइकल‚ दुई जनाको मृत्यु

मनोज पौडेल

कपिलवस्तु — वाणगंगा नगरपालिका-२, पिपराको गोवडीहवामा बुधबार बिहान रुखमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । तीव्र गतिमा गुडिरहेको लु ६४ प ५७६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोक्किँदा मोटरसाइकल चालक २५ वर्षीय रमेश विक र पछाडि बसेका २७ वर्षीय गोपाल विकको ज्यान गएको हो ।

दुवै जना वाणगंगा नगरपालिका-२, कप्टैयाका हुन् । दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगेपछि अस्पतालले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय पिपराका निरीक्षक दीपकबाबु केसीले बताए ।

प्रकाशित : श्रावण १८, २०७९ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?