१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

पाल्पामा बढे कोरोना संक्रमित 

माधव अर्याल

पाल्पा — पाल्पामा कोरोना संक्रमितको संख्या ८९ पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार बुधबार १२ जना थपिएसँगै ८९ पुगेको हो ।

पाल्पामा बढे कोरोना संक्रमित 

एक जनाको पीसीआर विधि र ४० जनाको एन्टिजेन विधिबाट गरिएको नमुना परीक्षणमा तीन जना पुरुष र नौ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख राजेन्द्र गिरीले जानकारी दिए ।

संक्रमित हुने तानसेन नगरपालिका, रैनादेवी छहराका छन् । कोरोना संक्रमितमध्ये दुई जनाको मात्र अस्पतालमा उपचार भइरहेको छ भने बाँकी घरमै बस्दै आएको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो समय देशभर कोरोना संक्रमण दर बढेको छ ।

पाल्पाका तानसेन नगरपालिका, रामपुर नगरपालिका, रैनादेवी छहरा गाउँपालिका लगायतमा कोरोना संक्रमितको संख्या बढेको स्वास्थ्य कार्यालयले जनाएको छ । अधिकांश भाइरल ज्वरो र रुघाखोकी लागेर अस्पतालपुग्नेहरुमा एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

तानसेनको मिसन अस्पतालले ज्वरो, रुघाखोकीका बिरामीका लागि एन्टिजेन परीक्षण नगरिकन उपचारमा अघि बढाउँदैन ।

प्रकाशित : श्रावण १८, २०७९ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?