कपिलवस्तुमा बाढीले श्रीमान्–श्रीमती बगायो

मनोज पौडेल

मनोज पौडेल — अविरल वर्षासँगै आएको बाढीले मंगलबार एक दम्पतीलाई बगाएको छ । बाढीमा बगेकी श्रीमतीको शव फेला परेको छ भने श्रीमानको अवस्था अज्ञात छ ।

वाणगंगा नगरपालिकास्थित कोइली खोलाले वाणीगाउँका स्थानीय ३६ वर्षीय दिलकुमार सुनार र उनकी ३१ वर्षीया श्रीमती राममाया सुनारलाई बगाएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

जंगलबाट नदी तरेर घर फर्कने क्रममा उनीहरुलाई बगाएको हो । उनीहरुसँगै बगेका १२ वर्षीय छोरा निरज सुनारलाई स्थानीयले उद्धार गरेका थिए ।

बेपत्ता राममायाको शव एक किलोमिटर तल भने फेला परेको प्रहरी नायब उपरिक्षक जेसी शाहले बताए ।

प्रकाशित : श्रावण १७, २०७९ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?