२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

बाँकेमा साढे ६ लाख बराबरका अवैध सामग्री बरामद

रुपा गहतराज

नेपालगन्ज — भारतबाट अवैधरुपमा नेपालगन्ज ल्याउँदै गरिएको साढे ६ लाख रुपैयाँ बराबरका कपडा, म्याजिक भ्यान, चिनीलगायत सामग्री बरामद भएको छ ।

सशस्त्र प्रहरी टोलीले भन्सार छलेर ल्याइँदै गरेका ठूलो परिमाणमा कपडा आइतबार बिहान बरामद गरेको हो ।

सशस्त्र प्रहरीको चौलिका चेक पोस्टमा खटिएको टोलीले आइतबार दिउँसो जाँच गर्नेक्रममा भाग्दै गरेको भे १ ज १०९८ नम्बरको म्याजिक भ्यानसहित ठूलो परिमाणमा चिनी बरामद गरेको छ ।

यस्तै किराना तथा हार्डवयरका सामग्री, पेय पदार्थलगायत सामग्री पनि सशस्त्र प्रहरी टोलीले बरामद गरेको छ । बरामद गरिएका ६ लाख ३२ हजार ४५० रुपैयाँ बराबरका अवैध सामग्री, म्याजिक भ्यान आइतबार नै नेपालगन्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक जनकराज बस्नेतले बताए ।

प्रकाशित : श्रावण १५, २०७९ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?