३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

हिरासतमा रहेकी युवतीमाथि प्रहरीद्वारा दुर्व्यवहार

जे पाण्डे

नेपालगन्ज — बाँकेको कोहलपुर इलाका प्रहरी कार्यालयमा एक जना थुनुवा युवती प्रहरीबाटै यौन दुर्व्यवहारमा परेकी छन् ।

बहुविवाह गरेको अरोपामा थुनामा रहेकी युवतीलाई हिरासत व्यवस्थापन अधिकृतसमेत रहेका कोहलपुर इलाका प्रहरीका असइ प्रविण चौलागाइँले आफ्नो कोठामा बोलाएर यौन दुर्व्यवहार गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

रातको २ बजे हिरासतबाट बाहिर बोलाएर कोठमा लगि दुर्व्यवहार गरेको भन्दै ती थुनुवा युवतीले उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय बाँकेले असइ चौलागाइँलाई हिरासतमा लिएर विभागीय कारबाही प्रक्रिया सुरु गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले उक्त घटनामा आरोपित चौलागाइँलाई कानुन अनुसार कारबाही गर्ने जानकारी दिएका छन् ।

प्रकाशित : श्रावण १३, २०७९ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?