१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

गुलरियाबाट हतियारसहित दुई भारतीय पक्राउ

कमल पन्थी

बर्दिया — बर्दियाको सदरमुकाम गुलरियामा दुई थान कटुवा पिस्तोलसहित आएका दुई जना भारतीयलाई स्थानीयले नियन्त्रणमा लिएका छन् । बिहीबार दिउसो जिल्ला प्रहरी कार्यालय, बर्दियाको मूलद्वारदेखि पूर्व करिब २५ मिटर दूरीमा लुटपाट गर्ने उद्देश्यले आएका उनीहरूलाई नियन्त्रणमा लिएपछि स्थानीयले प्रहरीलाई बुझाएका छन् ।

पक्राउ पर्नेमा भारत बहराइच जिल्ला घोसियानाका २६ वर्षीय अमरेश वर्मा र नानपारा खैरितिघाटका २७ वर्षीय अजय घोष रहेको प्रहरीका सूचना अधिकारी एवं डीएसपी सूर्यप्रसाद सुवेदीले बताए ।

उनीहरूबाट २ थान कटुवा पिस्तोल, ९ थान गोली‚ १ थान चक्कु र चोरी गरेका गहना बरामद गरिएको उनले बताए । स्थानीयले शंकास्पद अवस्थामा देखेपछि पक्राउ गर्न खोज्दा हतियारधारी दुई भारतीयले भाग्ने प्रयास गरेको स्थानीयले बताए ।

विगत केही समययता बर्दियामा चोरी, डकैतीका घटना बढेपछि सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले बताए ।

प्रकाशित : श्रावण १२, २०७९ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?