कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

रुकुमको कमलदहमा डुबेर एक जनाको मृत्यु

हरि गौतम

रुकुम पूर्व — सिस्ने गाउँपालिका–५, मा रहेको कमलदहमा डुबेर एक जनाको मृत्यु भएको छ ।

रुकुमको कमलदहमा डुबेर एक जनाको मृत्यु

सोही वडाको चौकबजारका ४५ वर्षीय गोपाल विकको दहमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । दहमा कमलको फूल टिप्न गएका बेला विक डुबेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीका अनुसार दहबाट निकालेर जिल्ला अस्पताल पुर्‍याएपछि विकलाई मृत घोषणा गरिएएको थियो ।

विक डुबेको थाहा पाए लगत्तै जिल्ला प्रहरी कार्यालयको टोली दहको किनारमा पुगेको थियो ।

प्रकाशित : श्रावण ७, २०७९ १५:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?