माछा पोखरीमा डुबेर दुईको मृत्यु

कमल पन्थी

बर्दिया — बढैयाताल गाउँपालिका २ फुटाहास्थित राजन शर्माको माछा पोखरीमा पौडी खेल्ने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ । डुबेको सूचना पाउनासाथ सशस्त्र प्रहरी बल बिओपी फुटाहा र स्थानीयको सहयोगमा दुई जनाको उद्धार गरिएको थियो ।

उद्धार गरिएको दुईलाई उपचारका लागि जिल्ला अस्पताल गुलरियामा लगिएको थियो । उनीहरुको उपचारको क्रममा मृत्यु भएको सशस्त्र प्रहरी बलले जनाएको छ । ३१ नम्बर गणका सशस्त्र प्रहरी नायव उपरीक्षक शंकर दत्त तिवारीका अनुसार मृत्यु हुनेमा सोही वडाका करिब ९⁄१० वर्षका युवराज बोहोरा र करिब १० वर्षीय भुवन भण्डारी हुन् ।

प्रकाशित : श्रावण ५, २०७९ १५:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?