१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

दानमा रमाएको दम्पती

नेपालगन्ज — नेपालगन्ज–९ चारबाहिनीका जयकेश र इन्दु सिंहले सामाजिक संस्थालाई करोडौं मूल्य पर्ने जग्गा दान गरेका छन् । दम्पतीले दान गरेको ४ बिघा १२ कट्ठामा अहिले बालसुधार गृह र मानव सेवा आश्रम सञ्चालित छन् । 

०६७ सालमा तत्कालीन महिला, बालबालिका तथा समाज कल्याणमन्त्री सर्वदेव ओझाको आग्रहमा जयकेशले जग्गा दिने प्रस्ताव गरेका थिए ।

त्यतिबेला उनले डुडुवा–६ स्थित चार बिघा जग्गा सरकारको नाममा पास गरिदिए । उक्त जग्गामा सरकारले ‘जयन्दु बालसुधार गृह’ स्थापना गर्‍यो । पछिल्लोपटक डुडुवा–६ मै रहेको घरसहितको १० कट्ठा जग्गा मानव सेवा आश्रमलाई दान गरेका छन् । आश्रमले मुलुकका विभिन्न ठाउँमा गरेको काम देखेर जग्गा दान गरेको उनले बताए ।

‘थुप्रै दुःखी पीडितले सेवा पाउने देखेर जग्गा दान गरेको हुँ,’ उनले भने । अहिले नेपालगन्ज–९ मा घरबाहेक अरू सम्पत्ति नरहेको जयकेशले दाबी गरे । पत्नी इन्दुले पनि धेरै मानिसका लागि उपयोगी हुने गरी जग्गा दान गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।

प्रकाशित : श्रावण ४, २०७९ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?