जबर्जस्ती करणी गर्ने व्यक्ति पक्राउ


गुल्मी — जबर्जस्ती करणी गरेको अभियोगमा गुल्मीको मुसिकोट नगरपालिका १का ५९ वर्षीय लक्ष्मण बलामी पक्राउ परेका छन् ।

गत शनिबार स्थानीय ५५ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा बलामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
उनले शनिबार बेलुका साढे ७ बजे स्थानीय महिलालाई बलात्कार गरेको आरोप छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित : श्रावण २, २०७९ १८:५२