२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

पाल्पा र गुल्मीका ६६ शिक्षक सम्मानित 

पाल्पा — सामाजिक विकास डिभिजन कार्यालयले पाल्पा र गुल्मी जिल्लाका ६६ शिक्षकलाई शनिबार सम्मान गरेको छ । पाल्पाका १० पालिकाका ३० र गुल्मीका १२ पालिकाका ३६ जना शिक्षकलाई उत्कृष्ट शिक्षक सम्मान गरिएको हो ।

पाल्पा र गुल्मीका ६६ शिक्षक सम्मानित 

उत्कृष्ट शिक्षकलाई जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालयका लुम्बिनी प्रदेश सचिव कृष्णप्रसाद पन्त, पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त, शिक्षा निर्देशक मनोज गैरे, डिभिजन प्रमुख हरिलाल अर्यालले प्रमाणपत्र, नगद १० हजार, दोसल्ला ओढाएर सम्मान गरे ।

सोही अवसरमा कार्यालयले पाल्पा र गुल्मीका एक/एक उत्कृष्ट विद्यालय छनोट गरेर सम्मान तथा पुरस्कार दिएको छ । पाल्पाको रामपुर नगरपालिकास्थित रामतुल्सी मावि र गुल्मीको तम्घासस्थित रेसुङ्गा माविलाई उत्कृष्ट विद्यालयका रुपमा सम्मान गरेको सामाजिक विकास डिभिजन कार्यालयले जनाएको छ । उत्कृष्ट विद्यालयलाई नगद २ लाख ५० हजार रुपैयाँ प्रदान गरिएको छ ।

लुम्बिनी प्रदेश सरकारअन्तर्गत सामाजिक विकास डिभिजनले हरेक वर्ष शिक्षक र विद्यालयलाई सम्मान गर्दै आएको छ ।

प्रकाशित : श्रावण १, २०७९ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?