२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

मूल्यवृद्धिले ट्रक व्यवसाय धरापमा परेको व्यवसायीको गुनासो

सन्जु पौडेल

तिलोत्तमा — पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले ट्रक व्यवसाय गम्भीर स्थितिमा पुगेको व्यवसायीले गुनासो गरेका छन् । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलले बुधबार आयोजना गरेको कार्यक्रममा वक्ताहरुले राज्यले भाडादर प्रणाली कायम नगर्नाले व्यवसाय ओरालो लागेको गुनासो गरेका हुन् ।

उनीहरुले सरकारले यातायात व्यावसायीको पक्षमा काम गर्नेलाई प्रोत्साहन गर्न नसकेको समेत बताए ।

नेपाल ट्रक यातायात व्यावसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले यातायात क्षेत्रको खस्कँदो अवस्थालाई सुधार गर्न चुनौतीसँगै अवसर पनि रहेको जनाए । उनले सरकारले तय गरेको भाडादर कायम गर्नुपर्नेमा जोड दिए ।

उनले बढ्दो महँगी र घट्दो भाडादरले गाडीको खर्चसमेत धान्न गाह्रो भएको बताए । सो अवसरमा पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डेले थला पर्दै गएको व्यवसायलाई चलायमान बनाउन व्यवसायीबीच एकता जरुरी रहेको बताए ।

प्रकाशित : असार २२, २०७९ २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?