बुद्ध एयरको विमानस्थल काउण्टरमा विद्युत सर्ट- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुद्ध एयरको विमानस्थल काउण्टरमा विद्युत सर्ट

रुपा गहतराज

नेपालगन्ज — नेपालगन्ज विमानस्थलमा रहेको बुद्ध एयरको काउण्टरमा मंगलबार विद्युत सर्ट हुँदा विमानस्थल कार्यालय ठूलो क्षति हुनबाट जोगिएको छ ।

बुद्ध एयर नेपालगन्जका प्रमुख विनित शाहका अनुसार मंगलबार बिहान पौने ७ बजेतिर एक्कासी विद्युत सर्ट भएको हो । ‘एक्कासी विद्युत सर्ट भयो, तारहरू जले, तर आगलागी हुन पाएन,’ उनले भने ‘तर ठूलो क्षति हुनबाट जोगियो ।’

बुद्ध एयरको काउण्टरसँगै अन्य विमान कम्पनीको काउण्टर, विमास्थल कार्यालय पनि सँगै जोडिएका छन् । विद्युत सर्ट भएर काउण्टरको वाइरिङ गरिएका तार जलेको स्थानीय प्रमोद कुमार गुप्ताले बताए ।

जसकारण केही बेरसम्म विमानस्थलभित्रै यात्रुहरू अलपत्र बस्नु परेको थियो । नेपालगन्जबाट काठमाडौं, पोखरासहित पहाडी र हिमाली जिल्लामा दैनिक ३० देखि ५० वटा साना-ठूला विमानले उडान भर्ने गरेका छन् ।

प्रकाशित : असार २१, २०७९ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्

दुई सातापछि तीन वर्षीया बालक अपहरणमुक्त, महिला पक्राउ 

सन्तोष सिंह

धनुषा — जनकपुरबाट अपहरणमा परेका बालकलाई प्रहरीले दुई सातापछि अपहरणमुक्त गरेको छ । भारत सितामढी बर्गनिया प्रखण्ड घर भई हाल धनुषाको जनकपुर उपमहानगरपालिका ७ भ्रमरपुराचोकस्थित डेरा गरटी बस्ने हरिओम चौधरीका ३ वर्षीय छोरा सोहनको दुई सातापछि प्रहरीले अपहरणमुक्त गर्न सफल भएको हो । 

अपहरणमा संलग्न आरोपमा एक महिलालाई प्रहरीले बालकसहित पक्राउ गरेको हो । महोत्तरीको पिपरा गाउँपालिका ४ बस्ने ५५ वर्षीया मैथुन खातुनलाई बालकसहित प्रहरीले मंगलबार दिउँसो फेला पारेको हो ।

बालकलाई लिएर खातुन आफ्नै घरमा लुकेकी थिइन् । विशेष सुराकीको आधारमा पत्ता लगाई बालकको उद्धार गरी ती महिलालाई पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले बताए ।

गत असार ६ गते बिहान ७ बजे घर अगाडि खेल्न कोठाबाट बाहिर निस्केका बालक अपहरणमा परेका थिए । एक महिलाले बालक लगेको स्थानीयले भने पनि ती महिलाको परिचय खुलेको थिएन ।

पक्राउ परेकी खातुनउपर अपहरण तथा शरीर बन्धक शीर्षकमा मुद्दा दायर गरी थप अनुसन्धान अगाडि बढाएको एसपी रजौरेले बताए ।

प्रकाशित : असार २१, २०७९ १८:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×