गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु

गगनशिला खड्का

गुल्मी — गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मदाने गाउँपालिका १, अग्लुङका १४ वर्षीय चन्द्र विष्टको आफ्नै घरमा सुतिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी भीमबहादुर दाहालले जानकारी दिए ।

चट्याङ लागेर घाइते भएका विष्टको मदाने पोलिक्लिनिक, पुर्कोटदहमा उपचारपछि थप उपचारका लागि गुल्मी अस्पतालमा लगिएको थियो । तर गुल्मी अस्पतालले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

यस्तै अग्लुङमै चट्याङ लागेर ४५ वर्षीया संगीता विष्ट घाइते भएको प्रहरीले जनाएको छ । उनको मदाने पोलिक्लिनिकमा उपचार भइरहेको छ ।

मदाने गाउँपालिकामा चट्याङ लागेर २०७४ सालदेखि हरेक वर्ष कम्तीमा एक जनाको मृत्यु हुने गरेको गाउँपालिका कार्यालयको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित : असार २१, २०७९ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्

कलाकार र सर्जक राष्ट्रिय गहना हुन् : प्रधानमन्त्री देउवा

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले कलाकार र सर्जकहरू राष्ट्रिय गहना र सम्पदा भएको बताएका छन् । नेपाल संगीत तथा नाट्य प्रतिष्ठानको प्रज्ञा सभाको समुद्घाटन गर्दै प्रधानमन्त्री देउवाले कलाकारको सम्मान, सम्वर्द्धन र प्रवर्द्धन गर्नुपर्ने बताए ।

‘हामी कहाँ कलाकार र सर्जकलाई राष्ट्रिय गहनाकोरुपमा लिने र सम्मान गर्ने संस्कार छ । कला, संगीत र नाट्य क्षेत्रको विकास र संवर्द्धनकालागि त्यस्तो प्रतिभाहरूलाई राष्ट्रिय हितमा अधिकतम प्रयोग गर्नुपर्छ भन्नेमा हामी सचेत छौँ,’ प्रधानमन्त्री देउवाले भने, ‘कला, संगीत र नाट्य क्षेत्रको विकासकालागि सरकारले के गर्नुपर्छ ? त्यसकालागि आवश्यक सहयोग उपलब्ध गराउन सरकार तयार छ ।’

प्रधानमन्त्री देउवाले प्रतिष्ठानले मुलुकका विभिन्न भुगोलमा छरिएर रहेका भौगोलिक जीवन, संस्कृति र सम्पदाको प्रचार प्रसार र संरक्षण गर्दै आएको भन्दै प्रशंसा गरे ।

प्रकाशित : असार २१, २०७९ १६:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×