प्यूठानमा चट्याङ लागेर घाइते भएका दुई बालककाे मृत्यु

शमशेरविक्रम जीसी

प्यूठान — सोमबार राति परेकाे चट्याङ लागेर घाइते भएका ऐरावती गाउँपालिका-६ बिजुलीकाेटका दुई बालकको मृत्यु भयकाे छ ।

प्यूठानमा चट्याङ लागेर घाइते भएका दुई बालककाे मृत्यु

चट्याङ लागेर घाइते भएका दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएकाे र उनीहरूकाे उपचारकै क्रममा मृत्यु भएकाे जिल्ला अस्पताल प्यूठानलाई उद्दृत गर्दै ऐरावती गाउँपालिका अध्यक्ष नबिलविक्रम शाहले जानकारी दिए ।

मृत्यु हुनेमा ऐरावती गाउँपालिका -६ का ७ वर्षीय राेमन परियार र १२ वर्षीय किरण परियार रहेका छन् । चट्याङ लागेर ऐरावतीकाे वडा न-६ का ६ जना र वडा नं-१ का ४ जना घाइते छन् । उनीहरूकाे जिल्ला अस्पतालमा उपचार हुँदै छ ।

प्रकाशित : असार २१, २०७९ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?