कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बर्दियाको सामुदायिक वनमा महिला मृत फेला

कमल पन्थी

बर्दिया — जिल्लाको बासगढी नगरपालिका—४ स्थित जनचेतना सामुदायिक वनमा एक महिलाको शव फेला परेको छ ।

अन्दाजी २४/२५ वर्षीया महिलाको शव शुक्रबार फेला परेको जानकारी प्रहरीले शनिबार दिएको हो ।

गाडा, रातो रंग साधारण फिता भएको चप्पल लगाएकी ती महिला चप्पलसहित रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक विरेन्द्रबहादुर शाहीले बताए । महिलाले रातो रंगको कुर्ता र हरियो रंगकी सुरवाल लगाएको भेटिएको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक शाहीले जामुनको रुखमा ती महिलाको शव घाँटीमा सलले बेरिएको अवस्थामा फेला परेको बताए ।

शव सडेको हुँदा ती महिलाको ४–५ दिनअघि नै मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

महिलाको शवको परीक्षणका लागि जिल्ला अस्पताल गुलरिया ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : असार १८, २०७९ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?