कपिलवस्तु अब सांस्कृतिक नगरपालिका

कपिलवस्तु — १२ औं नगरसभाको दोस्रो बैठकले बुद्ध नगरी कपिलवस्तुलाई सांस्कृतिक नगरपालिका बनाउने निर्णय गरेको छ ।

‘विश्वमै शान्तिका अग्रदूत भगवान् गौतम बुद्ध कपिलवस्तुमा हुर्के/बढे,’ नगर प्रमुख सुदीप पौडेलले भने, ‘त्यसलाई संस्थागत रूपमा पालिकाको नाममै बुद्धको पहिचान स्थापित गर्न यस्तो निर्णय गरिएको हो ।’

कपिलवस्तु नगरपालिकाले नाम परिवर्तनका लागि संघीय मामिला मन्त्रालयमा लेखी पठाएको छ । मन्त्रालयबाट मन्त्रिपरिषद् बैठकमा प्रस्ताव जानेछ । त्यहाँबाट निर्णय भएर आएपछि नाम परिवर्तन हुने प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताए ।


प्रकाशित : असार १८, २०७९ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?