दाङमा सवारी दुर्घटना : दुईको मृत्यु, दुई घाइते

दुर्गालाल केसी

दाङ — दाङको घोराहीमा मोटरसाइकलले दुई वटा साइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक र एक साइकल यात्रीको मृत्यु भएको छ ।

घोराहीदेखि सौंडियारतर्फ जाँदै गरेको रा ३ प २९२२ नम्बरको मोटरसाइकलले बिहीबार राति घोराही ७ बेसाईमा दुईवटा साइकललाई ठक्कर दिँदा साइकल यात्री घोराही १५ का १७ वर्षीय रितेश केसी र मोटरसाइकल चालक सोही स्थानका ३५ वर्षीय गंगाबहादुर कुँवरको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका दुबै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले बताए ।

दुर्घटनामा मोटरसाइकलमा सवार घोराही ७ का ३८ वर्षीय बसन्त चौधरी र साइकल यात्री घोराही १५ का विनोद भण्डारी घाइते भएको उनले जानकारी दिए । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : असार १७, २०७९ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?