२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९७

रुपन्देहीमा एक युवक मृत फेला

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको सैनामैना-१ बोलबम मार्गमा एक युवक मृत अवस्थामा फेला परेका छन् । बोलबम मार्गदेखि करिब ५० मिटर उत्तरतर्फ सडक छेउमा साइकलसँगै लडेको अवस्थामा फेला परेपछि स्थानीयले प्ररीलाई खबर गरेका थिए । 

ईलाका प्रहरी कार्यालय रन्यौरा मुर्गियाका प्रमुख जीवन लामिछानेका अनुसार बुधबार साँझ आफू बस्ने कोठामा जाँदै गर्दा सैनामैना-४ सदवोदराका ३० वर्षीय दिपक कुमालको बाटोमा लडेर मृत्यु भएको हो ।

घटनाको प्रकृति हेर्दा आफैं अनियन्त्रित भई सडक छेउमा लडेको देखिन्छ भने उनको निधारमा सामान्य चोटसमेत लागेको लामिछानेले बताए । शवलाई थव अनुसन्धानका लागि पोस्टमार्टम गर्न लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको छ ।

सैनामैना–४ मा घर भएका उनी सैनामैनाकै वा नम्बर १ मा कोठा भाडामा बस्दै आएका थिए । परिवारका अनुसार बुधबार साँझ ९-१० बजेको समयमा कोठामा जानका लागि घरबाट हिँडेका थिए । घरमै मदिरा सेवन गरेका उनी बीच बाटोमा समेत थप मदिरा सेवन गर्दा घटना घटेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रकाशित : असार १६, २०७९ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?