कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुपन्देहीमा नुहाउन गएका युवक बेपत्ता

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीमा पौडी खेल्ने क्रममा एक व्यक्ति हराएका छन् ।

बुधबार साँझ ६ बजेपछि आफ्ना दुई साथीसहित सिद्धार्थनगर नगरपालिका १२ स्थित डण्डा खोलामा नुहाउन पुगेका सोलुखुम्बु जिल्ला थुलुङ दूधकोसी गाउँपालिका २ का २८ वर्षीय सागर राई बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले बताए । उनका अनुसार सागरका दुई साथी कलयाण राई र निलेश चौधरीको उद्धार गरिएको छ । उनको खोजी कार्य जारी रहेको पौडेलले जानकारी दिए ।


प्रकाशित : असार १६, २०७९ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?