बाँकेमा चट्याङ लागेर एकको मृत्यु

रुपा गहतराज

नेपालगन्ज — बाँकेमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको राप्तीसोनारी गाउँपालिका-३ नारायणपुरका नरेश थारुका ६ वर्षीय छोरा अभिषेक थारुको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

बाँकेमा चट्याङ लागेर एकको मृत्यु

मंगलबार नजिकैको जंगलमा बाख्रा चराउन गएका अभिषेक बेलुका ६ बजेतिर चट्याङ लागेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

भेरी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । यस्तै, अभिषेकसँगै रहेका सोही ठाउँका २२ बर्षीय युवक ईश्वरी ओली पनि चट्याङ लागेर घाइते भएका छन् ।

प्रहरीका अनुसार ओलीको राप्तीसोनारी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : असार १५, २०७९ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?