२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

वर्षाका कारण रुपन्देहीका विभिन्न स्थानमा क्षति

सन्जु पौडेल

तिलोत्तमा — निरन्तरको वर्षाले रुपन्देहीका विभिन्न ठाउँमा क्षति पुऱ्याएको छ । सोमबार रातिदेखि परेको पानीले बुटवल-३ ज्योतिनगरको बस्तीमा भेलबाढी आएको हो । नाला बुझिएर घरघरमै पसेको भेलबाढी मंगलबार भने रोकिएको थियो । 

वर्षाले तिलोत्तमा-२ मा रहेको सापकोटा फाइबर डुबानमा परेको छ । डुबान हुँदा फ्याक्ट्रीमा रहेका कच्चा प्रदार्थमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए । उक्त फ्याक्ट्री डुबानमा पर्दा करिब ३५ लाख बराबरको क्षति भएको सञ्चालक देवेन्द्रप्रसाद भट्टराईले बताए ।

त्यस्तै, पानीले बुटवल बहुमुखी क्याम्पसको होस्टेल डुबानमा परेको छ । होस्टेलमा रहेका किताब कापी, खाद्यान्न तथा लत्ताकपडासमेत पानीले भिजेको वार्डेन सुवास चौधरीले बताए । क्याम्पसको होस्टेल ४०/४५ वर्ष पुरानो भएकाले सामान्य पानी पर्दा पनि होस्टेल र क्वाटरमा पानी पस्ने गरेको क्याम्स प्रमुख खीमानन्द न्यौपानले जानकारी दिए ।

मंगलबार रातिको अविरल वर्षाले जिल्लाको देवदह, मर्चवारी, तिलोत्तमा, रोहिणीलगायत स्थानमा रहेका खेत डुबानमा परेका छन् ।

प्रकाशित : असार १५, २०७९ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?