सिद्धार्थ राजमार्ग र तानसेन–तम्घास सडक अवरुद्ध

अविरल वर्षा नरोकिएकाले पहिरो पन्छाउन समय लाग्ने
माधव अर्याल

पाल्पा — गए रातिदेखि परेको अविरल वर्षाले दर्जनभन्दा बढी स्थानमा पहिरो खस्दा पहाडी जिल्ला जोड्ने सिद्धार्थ राजमार्गका साथै तानसेन-तम्घास सडकमा सवारी साधन सञ्चालन हुन सकेको छैन । राजमार्गका दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको प्रहरीले जनाएको छ । 

सिद्धार्थ राजमार्ग र तानसेन–तम्घास सडक अवरुद्ध

रातिदेखि पाल्पा, गुल्मी, स्याङ्जालगायत क्षेत्रमा ठूलो पानी परिरहेकाले क्षतिको विवरण अझै प्राप्त नभएको प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण सबै स्थानको क्षतिको विवरण पाउन नसकेको प्रहरीले जनाएको छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा र स्याङ्जाका विभिन्न स्थानमा पहिरो खसेर सवारी साधन चल्न सकेको छैन । पाल्पाको तानसेन-बुटवल सडक खण्डअन्तर्गत गौडेपुल, कालीमाटी, चर्चरे, हिउँदेखोला, २४ माइल, पानीमिल, सिद्धबाबा क्षेत्रमा दर्जनभन्दा बढी पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

अविरल वर्षासँगै दोभान प्रहरी चौकीदेखि चिडियाखोलासम्म सिद्धार्थ राजमार्गको ठाउँठाउँमा पहिरो खसेको दोभान प्रहरी चौकीले जनाएको छ । ठूलो वर्षा भइरहेकाले पहिरो गएको स्थानमा जान नसकेको दोभान प्रहरीले जनाएको छ ।

ठूलो पानी परेकाले पहिरो पन्छाउन केही समय लाग्ने छ । सिद्दार्थ राजमार्ग अवरुद्ध हुँदा बुटवलबाट पोखरा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, बाग्लुङसम्म जाने यात्रु साथै र त्यसतर्फबाट बुटवलतर्फ जाने सवारी साधन र यात्रु बाटोमै अलपत्र छन् ।

प्रकाशित : असार १५, २०७९ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?