३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

युवक मृत फेला

माधव अर्याल

पाल्पा — स्याङ्जाको वालिङ नगरपालिका–१० का २२ वर्षीय नरेश कुँवर पाल्पाको डुम्रेमा मृत अवस्थामा भेटिएका छन् ।

तिनाउ गाउँपालिका–६, बाह्रबिसेस्थित खोल्सामा उनी मंगलबार मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार स्थानीयले देखेपछि खबर गरेका थिए ।

प्रभास प्रहरी चौकी र तानसेनबाट गएको टोलीले अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार १४, २०७९ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?