२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

पहिरोले सिद्दार्थ राजमार्ग अवरुद्ध

सिद्धबाबा क्षेत्रका दर्जनभन्दा बढी स्थानमा पहिरो
माधव अर्याल

पाल्पा — मंगलबार बिहानैदेखि परेको वर्षाले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको तानसेन–वुटवल सडक खण्ड अन्तर्गत तिनाउ गाउँपालिका–३, सिद्धबाबा क्षेत्रमा दर्जन बढी पहिरो खसेर सडक अवरुद्ध भएको स्थानीय विष्णुप्रसाद पाण्डेयले जानकारी दिए ।

पहिरोले सिद्दार्थ राजमार्ग अवरुद्ध

अविरल वर्षासँगै दोभान प्रहरी चौकीदेखि चिडियाखोलासम्म सिद्धार्थ राजमार्गको ठाउँठाउँमा पहिरो खसेको छ । वर्षा नरोकिएकाले पहिरो पन्छाउन नसकिएको दोभान प्रहरीले जनाएको छ । ‘वर्षा हुँदाहुँदै पहिरो पन्छाउन सकिने अवस्था छैन,’ दोभान प्रहरी चौकी प्रमुख विष्णुबहादुर कुँवरले भने, ‘रोकिएपछि पहिरो पन्छाइनेछ ।’ ठूलो पानी परेकाले पहिरो पन्छाउन केही समय लाग्ने उनले बताए ।

प्रहरीले बुटवलतर्फबाट आउने सवारी साधनलाई तल्लो सिद्धबाबा क्षेत्रमा र तानसेनतर्फबाट बुटवल हिँडेका सवारी साधनलाई दोभान प्रहरीचौकीबाट जान दिएको छैन ।

केही दिनयता दोभानदेखि सिद्दबाबा क्षेत्रमा दिनहुँ खस्ने समस्या बढेको छ । सिद्दार्थ राजमार्ग अवरुद्ध हुँदा बुटवलबाट पोखरा, स्याङजा, गुल्मी, अर्घाखाँची, बाग्लुङसम्म जाने यात्रु साथै र त्यसतर्फवाट बुटवलतर्फ जाने सवारी साधन र यात्रु बाटोमै अलपत्र छन् । पहाडबाट ढुंगा खस्ने भएकोले यात्रुहरु पैदलसमेत हिँड्न सक्ने अवस्था नभएको यात्रु रमेश पौडेलले बताए ।

प्रकाशित : असार १४, २०७९ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?