१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

‘जबज’ र अभिव्यक्ति स्वतन्त्रताबीच अन्योन्याश्रित सम्बन्ध छ : विष्णु पौडेल

अमृता अनमोल

बुटवल — नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले जनताको बहुदलीय जनवाद र अभिव्यक्ति स्वतन्त्रताबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताएका छन् । उनले जनताको बहुदलीय जनवाद मान्ने एमाले सधैं अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताए ।

‘जबज’ र अभिव्यक्ति स्वतन्त्रताबीच अन्योन्याश्रित सम्बन्ध छ : विष्णु पौडेल

‘हामी अभिव्यक्ति स्वतन्त्रताको पक्षमा छौं । ओठेभक्ति र स्तुति होइन‚ मनैदेखि सैद्धान्तिक अभिव्यक्ति स्वतन्त्रता हुनुपर्छ भन्ने पक्षमा छौं‚’ ७१ औं मदन जयन्तीका अवसरमा प्रेस चौतारीले रुपन्देहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने ।

मदन भण्डारीले नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता दिनुपर्छ र प्रतिस्पर्धाका आधारमा समाजमा श्रेष्ठता हासिल गर्न सकिन्छ भन्ने मूल धारणा प्रतिपादन गरेको भन्दै नेता पौडेलले जनताको बहुदलीय जनवादका अलग अलग विशेषतालाई नागरिकबीच पुर्‍याउन आफू निरन्तर लागेको बताए ।

भण्डारीले शिक्षा र स्वास्थ्य सबै नागरिकका लागि सर्वसुलभ बनाउनुपर्छ भन्दै लैंगिक र सामाजिक समावेशीकरणका मुद्दामा काम गर्नुपर्ने विचार प्रतिपादन गरेको उनले बताए ।

प्रकाशित : असार १३, २०७९ १३:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?