३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पत्नीको हत्या आरोपमा पक्राउ

वीरेन्द्र केसी

अर्घाखाँची — मालारानी गाउँपालिका–२ डाँडाकटेरीस्थित आफ्नै पत्नीको हत्या आरोपमा २७ वर्षीय कमल भुसाल पक्राउ परेका छन् ।

२७ वर्षीया सरु भट्टराई भुसालको हत्या गरेको आरोपमा शुक्रबार दिउँसो उनका पति कमल पक्राउ परेका हुन् । घर नजिकैको साही टोला भन्ने ठाउँमा घाँस दाउरा काट्न गएको बेला कमलले श्रीमतिको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको निमित्त प्रहरी नायव उपरीक्षक अर्जुन पौडेलले बताए ।

प्रहरीका अनुसार खर्‍यानमा घाँस, दाउरा काट्न भन्दै श्रीमान–श्रीमति घरबाट हिँडेका थिए । कमलले कम्मरमा बाँधेको रुमालले सरुको घाँटी च्यापेर हत्या गरेर खोल्सामा स्याउलाले ढाकेर छाडेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

कमल अहिले इलाका प्रहरी कार्यालय खनको नियन्त्रणमा छन् । कमल र सरुले दुई वर्षअघि विवाह गरेका थिए । उनीहरूको एक वर्षको एक छोरा छन् । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक पौडेलले बताए ।

प्रकाशित : असार १०, २०७९ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?