२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

विकासका लागि उच्च शिक्षा केन्द्रित गर्नुपर्छ : प्रधानमन्त्री देउवा

अमृता अनमोल

बुटवल — प्रधानमन्त्री शेरबहादुर देउवाले देशको स्रोत-साधन, सम्भावना, आवश्यकता र प्राथमिकताका आधारमा जनशक्ति तयार गर्नेतर्फ उच्च शिक्षा केन्द्रित गर्नुपर्ने उनले बताए । शिक्षा देश विकासको मुख्य मार्गदर्शन भएको उल्लेख गर्दै उनले पूरातात्विक सम्पदा खोज्न आग्रह गरेका छन् ।

विकासका लागि उच्च शिक्षा केन्द्रित गर्नुपर्छ : प्रधानमन्त्री देउवा

लुम्बिनी बौद्ध विश्वविद्यालयको द्वितीय दीक्षान्त समारोहलाई शुक्रबार लुम्बिनीमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बुद्धले प्रतिपादन गरेको शिक्षा अहिले पनि महत्त्वपूर्ण रहेको बताए । ‘बुद्धका आर्यअष्टागिक मार्गलगायत सूत्रात्मक शिक्षा आजको २१ औं शताब्दीमा पनि महत्त्वपूर्ण छन्,’ उनले भने, ‘यसैले अहिले पनि संसारभर बौद्ध दर्शनको अध्ययन–अध्यापनलगायत बुद्धद्वारा प्रतिपादित शिक्षाको अभ्यास केन्द्र स्थापना हुने क्रम बढ्दै गएको छ ।’

विश्वविद्यालयलका कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले बुद्धभूमि नेपाल विश्वकै लागि आस्था र श्रद्धाको केन्द्र रहेको बताए । यद्यपि बौद्ध शिक्षा, साहित्य, दर्शन, कला र संस्कृतिको मूल स्रोतका रुपमा आफूलाई सिद्ध गर्नुपर्ने चुनौती रहेको उनले जनाए । उनले वैज्ञानिक अनुसन्धानद्वारा बौद्ध, कला, साहित्य पुरातत्व लगायत विश्वव्यापी प्रवर्द्धन गर्न र मुलुक निर्माणको साझा कर्तव्य पूरा गर्न दीक्षित विद्यार्थीहरूलाई आग्रह गरे । ‘नखोजिएका पूरातात्विक सम्पदा खोजौं, सांस्कृतिक विरासतको समृद्धि फैलाऔं र ऐतिहासिक नेपाली माटोको मौलिक दर्शनलाई विश्वबन्धुत्वका लागि फैलाऔं ।’ उनले भने ।

प्रधानमन्त्री देउवाले बौद्ध विविधतालाई समाजको सकारात्मक रुपान्तरणसँग जोड्दै समाजको सिर्जनशील सदस्यका रुपमा आफूलाई स्थापित गर्न विद्यार्थीहरूलाई सुझावसमेत दिए ।

प्रधानमन्त्री देउवाले बुद्ध जन्मस्थल लुम्बिनीमै लुम्बिनी बौद्ध विश्वविद्यालय हुनुले यसको अपूर्व महत्त्व रहेको पनि बताए । उनले बौद्ध शिक्षाका माध्ययमबाट बुद्ध शिक्षा प्रचार, पर्यटन प्रवर्द्धन र रोजगारीलाई प्रश्रय दिने किसिमका नीति बनाउन आग्रह गरे । ‘विश्वविद्यालयको सञ्चालनमा रहेका कार्यक्रमको उत्कृष्टता खस्कन नदिई समयसापेक्ष र जीवनोपयोगी बनाउन आवश्यक छ,’ उनले भने ।

प्रकाशित : असार १०, २०७९ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?