७३ दिनपछि अमृताको दाहसंस्कार- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

७३ दिनपछि अमृताको दाहसंस्कार

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको तिलोत्तमा २, जानकीनगरकी अमृता खत्री टण्डनको शव दाहसंस्कार गरिएको छ । उनको शव अस्पतालमा राखेको ७३ दिनपछि शुक्रबार बिहान तिलोत्तमाको मगरघाटमा अन्तिम संस्कार गरिएको दाजु पुष्पक खत्रीले बताए ।

उनका अनुसार रिपोर्टमा विष सेवनले भित्री अंगमा असर गरेर मृत्यु भएको देखिएको छ । अमृताका माइती पक्षले उनको हत्या गरिएको भनी दिएको जाहेरीका आधारमा श्रीमानलाई पुर्पक्षका लागि थुनामा राखिएको छ भने सासु र ससुरा २/२ लाख धरौटीमा छुटेका थिए ।

पुष्पकले भान्जाको लालनपालन तथा शिक्षाको सबै खर्च बेहोर्ने र बहिनीको नाममा १ लाख रुपैयाँको अक्षयकोष खडा गर्ने सहमतिपश्चात दाहसंस्कार बताए । '२ महिना १० दिन अस्पतालमा शव राखियो', उनले भने, 'रिपोर्ट पर्खिँदा समय लाग्यो, बहिनीको हत्या भएको पुष्टि भएन ।'

बहिनीले आत्महत्या गरेको हुनै नसक्ने भन्दै उनले विष सेवन गरेको वा गराइएको भन्ने विषय पुष्टि हुन नसकेपछि न्याय नपाइने ठानेर शव जलाउने सहमति गरिएको जनाए ।

प्रकाशित : असार १०, २०७९ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्

हजयात्रीलाई गृहमन्त्री खाँणद्वारा बिदाइ

कान्तिपुर संवाददाता

काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जाने हजयात्रीलाई बिदाइ गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री खाँणले शुक्रबार बिहान ११३ हजयात्रीलाई बिदाइ गरेका हुन् ।


यो वर्ष हजका लागि नेपाललाई छुट्ट्याइएको ५५५ जनाकाे काेटामध्ये शुक्रबार बिहान अन्तिम टाेली हज गर्नका लागि त्यसतर्फ गएकाे हाे । हजयात्रीलाई बिदाइ गर्दै गृहमन्त्री खाँणले सरकारले सबै धर्मलाई सम्मान गर्ने बताएका छन् ।

उनले हज गर्न जाने परम्पराले विश्वभरमा नेपालको पहिचान गराउँदै भाइचाराको सम्बन्ध पनि विस्तार हुने बताए । हजयात्रीलाई बिदाइ गर्न नेपाली काङ्ग्रेसका सहमहामन्त्री महेन्द्र यादव, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँसहितकाे उपस्थिति थियाे ।

असार ६ गतेदेखि एयर अरेबियाकाे हवाइजहाजबाट दैनिक एक टाेली हज गर्न गइरहेकाे थियाे । साउदीको जेब्दास्थित महावाणिज्यदूतावासबाट १० जनाकाे स्वयंसेवककाे टाेली हजयात्रीकाे व्यवस्थापनका लागि खटिएको छ । टाेलीमा ८ जना डेलिकेट्स र ३ जना मेडिकल सपाेर्ट टिम सहभागी छ । हज यात्रा गरेर प्रत्येक टाेली ३४ दिनपछि नेपाल फर्कने छ ।

मुस्लिम समुदायको पवित्र तीर्थस्थानको रूपमा रहेको मक्कामदिनामा विश्वभरका लाखौँ मुस्लिम समुदाय हज गर्नका लागि जाने गर्दछन् ।

प्रकाशित : असार १०, २०७९ ०९:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×