कपिलवस्तुमा पहिरोले बगाएर दुई भारतीय नागरिक बेपत्ता

रासस

काठमाडौँ — कपिलवस्तुको शिवराज नगरपालिका–१ मा पर्ने धानखोलामा पहिरोले बगाउँदा दुई जना भारतीय बेपत्ता भएका छन् । प्युठानको स्वर्गद्वारीबाट दर्शन गरी लु २ ख २७१६ नम्बरको फोर्स गाडीबाट फर्किँदै गर्दा गाडीबाट झरेर खोला तर्ने क्रममा उनीहरूलाई पहिरोले बगाएको बताइएको छ।

भारतको सिद्धार्थनगर जिल्ला बस्ने १७ वर्षीय निखिल कौशाल र १८ वर्षीय सुरज सोनी बेपत्ता भएका हुन्।

पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने खोलमा भारतीय नागरिक फोर्सबाट झरेर आउँदै गर्दा अचानक आएको पहिराले बगाएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

हराएका भारतीय नागरिकको खोजी कार्य जारी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजंग शाहीले जानकारी दिए ।

प्रकाशित : असार ६, २०७९ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?