कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जिसस रुपन्देहीको प्रमुखमा कांग्रेस

माधव ढुंगाना

भैरहवा — जिल्ला समन्वय समिति रुपन्देहीको प्रमुखमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

शनिबार भएको निर्वाचनमा नेपाली कांग्रेसका उमाकान्त चपाई २० मत ल्याएर प्रमुख पदमा विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका नर बहादुर घर्ती मगरले १२ मत ल्याए ।

३२ मत रहेको जिल्ला समन्वय समितिको निर्वाचनमा उपप्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टीका रामकृपाल धोवी १६ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी पवित्रा देवी श्रेष्ठले १५ मत ल्याइन् ।

महिला सदस्यमा नेपाली कांग्रेसकी विष्णुमाया सुवेदी जयसवाल १८, दलित वा अल्पसंख्यकमा कांग्रेसकै राजमन प्रसाद हरिजनले २०, सदस्यमा कांग्रेसकै अब्दुल मोकिम मुसलमान २०, ऋषीराम बस्याल १९, लोसपाका मुकेश कुमार पाण्डे १८ मत ल्यायी विजयी भएका छन् ।

यस्तै नेकपा माओवादी केन्द्रकी मन्जु परियार १८ र लोसपाकी बुधनी चमार १९ मत ल्याइ विजयी भएका छन् ।

प्रकाशित : असार ४, २०७९ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?