कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुटवलमा नेपाली चियाको राष्ट्रिय प्रदर्शनी हुँदै

सन्जु पौडेल

तिलोत्तमा — नेपालको चिया क्षेत्रमा काम गर्दै आएको सरकारी निकाय राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बुटवलमा बृहत् राष्ट्रिय चिया प्रदर्शनी आयोजना गर्ने भएको छ । चिया क्षेत्रमा क्रियाशील विभिन्न संघ/संस्थाहरू, एसोसिएसनलगायतसँगको सहकार्यमा कफी विकास बोर्डले आगामी ३ र ४ असारमा बृहत् चिया प्रदर्शनी आयोजना गर्न लागिएको बिहीबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको हो ।

बुटवलमा नेपाली चियाको राष्ट्रिय प्रदर्शनी हुँदै

चिया प्रदर्शनी बुटवल मिलनचोकस्थित सिद्धार्थ कटेजमा आयोजना हुने बोर्डका कार्यकारी निर्देशक चन्द्र पुरीले जानकारी दिए । 'बुटवलमा नेपाली चियाको राष्ट्रिय प्रदर्शनीका साथै नेपालमा उत्पादित विभिन्न ब्रान्डको चियाको निःशुल्क स्वाद लिन पाइने छ,' उनले भने ।

'स्वदेशमा उत्पादित चियाको सेवन गरौं, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौं' भन्ने मूल नाराका साथ नेपालमा उत्पादित चियाको देशभित्रै खपत बढाउने र यसका फाइदाहरूको विषयमा जानकारी दिने, सही चियाको सही रुपमा सेवन गर्न चिया संस्कृतिको विकास गर्ने उद्देश्यले बृहत् राष्ट्रिय चिया प्रदर्शनी तथा टी टेस्टिङ कार्यक्रम आयोजना गरिएको हो ।

नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको राष्ट्रिय चिया प्रदर्शनी कार्यक्रममा नेपालको चियाका मुख्य जिल्लाहरू झापा, इलामदेखि पश्चिमसम्म उत्पादित चियाको प्रदर्शन हुने छ ।

प्रकाशित : असार २, २०७९ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?