लुम्बिनीको बजेट ४२ अर्ब ६३ करोड ५७ लाख [पूर्णपाठ]

प्राथमिकतामा कृषि, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार
अमृता अनमोल

बुटवल — लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट ल्याएको छ । कृषि, शिक्षा , स्वास्थ्य र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राख्दै लुम्बिनी सरकारले बजेट सार्वजनिक गरेको हो ।

लुम्बिनीको बजेट ४२ अर्ब ६३ करोड ५७ लाख [पूर्णपाठ]

बुधबार लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले बजेट बजेट प्रस्तुत गर्दै पुँजीगत बजेट २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार रुपैयाँ छुट्याइएको बताए । यो कुल बजेटको ५७. ४१ प्रतिशत हो ।

चालु खर्चका लागि १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार रुपैयाँ बजेट छुट्याइएको छ । यो कुल बजेटको ३१ .२६ प्रतिशत हो । वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८३ करोड १० लाख रुपैया छुट्याइएको मन्त्री खड्काले बताए । यो कुल बजेटको ११. ३३ प्रतिशत हो ।

बजेटमा प्रदेश गौरव योजनाका लागि १ अर्ब ६९ करोड छुट्याइएको छ भने रुपन्देहीमा रहेका प्रदेश मन्त्रालय एक वर्षभित्र स्थायी राजधानी दाङमा सार्न‚ राप्ती प्राविधिक शिक्षालय स्थानान्तरण र सरस्वती माविको स्तरोन्नतिका लागि ७ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । पूर्वाधार विकाससँगै कृषि, स्वास्थ्य र सामाजिक विकासमा समेत केही नयाँ कार्यक्रम ल्याइएको मन्त्री खड्काले बताए ।

बजेट कार्यान्वयनका लागि आन्तरिक राजस्वतर्फ ३ अर्ब १० करोड ५९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै चालु आर्थिक वर्षको बचत रकमबाट ४ अर्ब रहने र आन्तरिक ऋण १ अर्ब परिचालन गर्ने बजेटमा उल्लेख गरिएको छ । यसअघिको सरकारले चालु आर्थिक वर्ष २०७८/०८९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

बजेटको पूर्णपाठ:

प्रकाशित : असार १, २०७९ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?