कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

पाल्पामा मतदाता नामावली संकलन सुरु

माधव अर्याल

पाल्पा — निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि मतदाता नामावली संकलन कार्य बुधबारबाट सुरु गरेको छ । निर्वाचन कार्यालय पाल्पाका अनुसार निर्वाचन कार्यालयबाहेक जिल्ला प्रशासन कार्यालय तानसेन र इलाका प्रशासन कार्यालय रामपुरबाट पनि मतदाता नामावली संकलन कार्य सुरु भएको छ ।

पाल्पामा मतदाता नामावली संकलन सुरु

निकट भविष्यमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा हुने सम्भावना भएकाले निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन कार्य सुरु भएको हो ।

पाल्पाको निर्वाचन कार्यालयमा बुधबार बिहानदेखि भीड लागेको छ भने जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयमा फाट्टफुट्ट फोटो खिचाउन आएका छन् । प्रशासन कार्यालयमा नागरिकता बनाएपछि सोही स्थानमै फोटो खिचाउने सुविधा रहेको छ । जनप्रतिनिधि चुन्न पाउने अधिकारका लागि मतदाता नामावलीमा फोटो खिचाउन छुटेकाहरू, नयाँ नागरिकता बनाएकाहरुको उत्साह देखिएको छ । फोटो खिचाउन आएकाहरू पनि जनप्रतिनिधि चुन्न पाइने भएकाले उत्साहित छन् ।

तानसेन नगरपालिका-१, गैरागाउँकी सीता थापाले आफ्नो अधिकार प्रयोग गर्नका लागि फोटो खिचाउन आएको बताइन् । तानसेन नगरपालिका-३, का निर्जल श्रेष्ठले बाहिर बसोबास भएको र छुटेकाले अहिले फोटो खिचाउन कार्यालयसम्म आएको बताए । स्थानीय तह निर्वाचन सकिएपछि प्रदेश र प्रतिनिधिसभा निर्वाचन कहिले हुन्छ भन्ने टुंगो लागिसकेको छैन ।

प्रकाशित : असार १, २०७९ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?