कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

लुम्बिनीका नवनिर्वाचित जनप्रतिनिधिलाई सहजीकरण

अमृता अनमोल

बुटवल — स्थानीय सरकार संचालन तथा विकासबारे लुम्बिनी प्रदेशका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सहजीकरण सुरु गरिएको छ ।

लुम्बिनीका नवनिर्वाचित जनप्रतिनिधिलाई सहजीकरण

संवैधानिक व्यवस्था, सहअस्तित्व, साझेदारी र सहकारिताका आधारमा स्थानीय शासन संचालन गर्नेबारे सिकाउन सहजीकरण गरिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र लुम्बिनी प्रदेश सरकारले सोमबादेखि रुपन्देहीमा सहजीकरण थालेको छ । जसमा प्रदेशका १ सय ९ स्थानीय तहका प्रमुख उपप्रमुखहरुको सहभागिता छ । स्थानीय सरकार नागरिक निकट भएर काम गर्ने भएकाले उनीहरुका कामलाई नागरिकमैत्री र सुशासनमैत्री बनाउन सहजीकरण गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले स्थानीय तहका सबै प्रदेशमा एकरुपता ल्याउने गरी श्रोत सामग्री तयार गरेर सहजीकरण गरिरहेको बताए । उनले सहजीकरणबाट संवैधानिक व्यवस्था, सहकारी संघीयता लगायत बारेमा जानकारी हुने उनले बताए ।

लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले संघीयता कार्यान्वयनमा ३ तहको सरकारको समन्वय हुन पर्ने बताए । स्थानीय सरकार संघीयताको जग भएको भन्दै उनले स्थानीय सरकारका जनप्रतिनिधिहरुको भूमिकालाई ध्यान दिनुपर्ने बताए ।

प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक गुरुप्रसाद शर्माले संस्थागत र व्यक्तिगत क्षमता अभिवृद्धि गर्दै निर्णय गर्न सक्ने क्षमतावान बनाउन कार्यक्रम उपयोगी हुने बताए । २ दिनसम्म हुने सहजीकरणमा पाँच वर्षको आवधिक योजना बनाउनसमेत सहयोग गर्ने बताए ।

प्रकाशित : जेष्ठ ३०, २०७९ १५:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?