पाल्पामा सम्भावित जोखिमबाट बच्न अभ्यास मनसुन प्रदर्शन

माधव अर्याल

पाल्पा — सम्भावित जोखिमबाट बच्न पाल्पामा अभ्यास मनसुन प्रदर्शन गरिएको छ । विपद्को समयमा संयुक्त खोज तथा उद्धारमा खटिँदा कार्यदक्षता अभिवृद्धि भई व्यावहारिक ज्ञान हासिल गर्न सुरक्षाकर्मीले उर्लिरहेको कालीगण्डकीको भेलमा अभ्यास मनसुनसम्बन्धी प्रदर्शनी गरेका हुन् । 

पाल्पामा सम्भावित जोखिमबाट बच्न अभ्यास मनसुन प्रदर्शन

रानीमहल क्षेत्रमा नेपाली सेनाको दी फेमस महिन्द्रदल गणको आयोजनामा भएको प्रदर्शनीमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सहयोग रहेको थियो । मनसुन सिजनमा अविरल वर्षाका कारण नदीको बहाव बढ्ने र बस्तीहरू डुबानमा पर्ने गरेका छन् । बाढीको जोखिम रहने क्षेत्रमा घरेलु सरसमान प्रयोग गरेर पनि सम्भावित जोखिमबाट आफू र आफ्नो महत्त्वपूर्ण सामग्री सुरक्षित गर्न सकिन्छ भन्नेबारे प्रदर्शनीमा देखाइएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए ।

‘पाल्पा पनि जोखिमयुक्त जिल्लामा पर्छ,’ उनले भने, ‘बाढीको सम्भाव्यता हाम्रोमा पनि रहेको छ । सुरक्षाकर्मीको संयुक्त अभ्यासले विपद्का घटना भइहालेमा समन्वय गरेर अघि बढ्न सहज हुन्छ ।’ सशस्त्र प्रहरी र नेपाली सेनाका तालिम प्राप्त सकल दर्जाले अभ्यास प्रदर्शन गरेका थिए ।

प्रकाशित : जेष्ठ २६, २०७९ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?