कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

जिसस अर्घाखाँचीमा एमाले उम्मेदवारको मात्रै मनोनयन दर्ता

वीरेन्द्र केसी

अर्घाखाँची — जिल्ला समन्यव समिति (जिसस) अर्घाखाँचीको सबै पदमा नेकपा एमालेका उम्मेदवारले मात्रै मनोनयन दर्ता गरेपछि निर्विरोध भएका छन् । जिल्लाका ६ स्थानीय तहको १२ पदमध्ये कांग्रेससहितको ५ दलीय गठबन्धन ४ पदमा मात्रै विजयी भएपछि उनीहरूले उम्मेदवारी दर्ता गरेनन् । स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षले जिसस नेतृत्व चुन्ने व्यवस्था रहेको छ । वडा सदस्यमा निर्वाचित सदस्य मात्रै उम्मेदवार हुन पाउँछ । 

जिसस अर्घाखाँचीमा एमाले उम्मेदवारको मात्रै मनोनयन दर्ता

एमालेले पाणिनी गाउँपालिका ५ मैदानबाट वडा सदस्यमा निर्वाचित जीवनारायण कोइरालालाई प्रमुख र छत्रदेव गाउँपालिका १ चिदिकाबाट सदस्यमा निर्वाचित लक्ष्मी शर्मा ज्ञवालीलाई उपप्रमुख पदका लागि उम्मेदवार बनाएको छ । कोइराला एमाले लुम्बिनी प्रदेश सदस्य हुन् भने ज्ञवाली नेकपा विभाजनपछि माओवादी छाडेर एमालेतिर लागेकी हुन् ।

जिसस सदस्यमा एमालेबाट खुलातर्फबाट पाणिनी गाउँपालिका ७ बाट वडा सदस्यमा निर्वाचित कमल घिमिरे, सन्धिखर्क नगरपालिका ७ का लक्ष्मण कँडेल र भूमिकास्थान नगरपालिका–८ का झुपलाल खनाल उम्मेदवार मनोनयन गरेका छन् । त्यस्तै महिला सदस्यमा मालारानी गाउँपालिका ४ टुल्कादेवी आचार्य, शितगंगा नगरपालिका १० डालकुमारी भण्डारी र मालारानी १ सीता आचार्य रहेका छन् ।

यसैगरी दलित–अल्पसंख्यक सदस्यमा शितगंगा-१३ बाट मिना बिसी परियारले उम्मेदवारी दर्ता गरेकी छन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा जिल्लाको ६ स्थानीय तहमध्ये चार पालिकामा कांग्रेस-माओवादी गठबन्धन भएको थियो । त्यतिबेला एमालेबाट मालारानी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र पाणिनी गाउँपालिका उपाध्यक्ष मात्रै जितेपछि गठबन्धनको बहुमत पुग्दा कांग्रेसका तर्फबाट पिताम्बर शर्मा प्रमुख र माओवादीका ऋषिबहादुर पुलामी उपप्रमुख चयन भएका थिए ।

प्रकाशित : जेष्ठ २२, २०७९ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?